नेपाल रिपब्लिक मिडिया लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले ६३ करोड ७४ लाख ५६ हजार ८०० रूपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति मागेका छन् ।
रिपब्लिक मिडियाले ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । यस्तै माई खोला हाइड्रोपावरले पनि बोर्डसँग १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता सेयर बिक्रीको अनुमति मागेको छ ।
बोर्डका अनुसार रिपब्लिक मिडियाले कार्तिक २ गते तथा माई खोला हाइड्रोपावर असोज ३० गते सर्वसाधारणमा सेयर बिक्रीको अनुमति माग्दै आवेदन दिएका हुन् ।
रिपब्लिक मिडियाले सर्वसाधारणलाई सेयर जारी गर्न मेगा क्यापिटल मार्केट लिमिटेडलाई तथा माई खोला हाइड्रोपावरले प्रभु क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
दुबै कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र सर्वसाधारणमा सेयर बिक्रीमा ल्याउनेछन् । बोर्डबाट सेयर निष्कासन अनुमति पाएको दुई महिनाभित्र सेयर बिक्रीमा ल्याइसक्नुपर्ने प्रावधान रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया