एक वर्षमा चालु खाता घाटा साढे ५२ अर्ब र शोधनान्तर स्थिति घाटा ७१ अर्बले सुधारियो

0
Shares

पछिल्लो एक वर्षको अवधिमा मुलुकको चालु खाता घाटा ५२ अर्ब ४१ करोड रुपैयाँ तथा शोधनान्तर स्थिति घाटामा ७१ अर्ब १२ करोडले सुधार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार २०७९ भदौ मसान्तसम्म चालु खाता ३७ अर्ब १८ करोड तथा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।

अघिल्लो आव २०७८/७९ को तथ्याङ्क अनुसार दुई महिना अवधिमा चालु खाता १ खर्ब ०६ अर्ब ८ करोड तथा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको थियो । यस्तै अमेरिकी डलरमा १८ करोड ५९ लाखले घाटामा रहेको छ ।अघिल्लो आवका सोही अवधिमा शोधनान्तर स्थिति ८० करोड ९ लाखले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.९० प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब २५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ४ करोड रहेको थियो ।

सरकारले आयातमा लिएको कडाईका कारण देशको समग्र स्थितिमा सुधारको संकेत देखिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार  १२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।