वार्षिक डेढ अर्ब बढीको कारोबार गर्ने ग्रान्डी इन्टरनेशनल अस्पतालको आम्दानी घट्दै

0
Shares

नेपालका विलासी अस्पतालहरुको सूचीमा पर्ने ग्रान्डी इन्टरनेशनल अस्पतालको आम्दनी गत वर्षको तुलनामा कम रहेको छ ।

सन् २०२० मा अस्पतालको परिष्कृत आम्दनी १ अर्ब ४३ करोड ६० लाख रहेको थियो भने सन् २०२१ को पहिलो ६ महिनामा आम्दनी ६८ करोड ६० लाख मात्रै रहेको छ । सन् २०२० को अर्ध वार्षिक आम्दानी ७१ करोड ८० लाख रहेको थियो ।

यसैगरी सन् २०२१ को ६ महिनाको अमोर्टाइजेसन, डिप्रिसियसन, ब्याज र कर अघिको आम्दानी कुल सञ्चालन आम्दानीको २१ प्रतिशत रहेको छ । यसैगरी चल सम्पत्तिको ५५३.५ गुणा अस्पालको कर्जा रहेको छ ।

सन् २०१३ बाट सञ्चालनमा आएको ग्रान्डी इन्टरनेशनल अस्पताल काठमाडौँको धापसीमा रहेको छ । ४ हेक्टर जमीनमा निर्माण भएको उक्त अस्पतालमा कुल २०० बेड रहेका छन् र मेडिकल, सर्जिकल र डायगोनास्टिक सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यसैक्रममा रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ कम गरेको छ । रेटिङका लागि आवश्यक पर्ने डाटाहरुका लागि सम्पर्क गर्दा पनि अस्पतालले डाटा उपलब्ध नगराएको इक्राले जनाएको छ । आवश्यक डाटा उपलब्घ नगराउँदा इक्राले ग्रान्डी इन्टरनेशनललाई “इस्स्युअर नट सर्पोटिङ” अन्तर्गतका कम्पनीहरुमा सूचीकृत गरेको छ ।

इक्राले १ अर्ब ४७ करोड ५१ लाख ७० हजार बराबरको दीर्घकालीन कर्जाका लागि बी माइनस् रेटिङ गरेको छ । यस अघि इक्राले दीर्घकालीन कर्जाका लागि बी रेटिङ गरेको थियो । यसका साथै ७ करोड ७६लाख ७० हजारको अल्पकालीन ऋणका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ५ कार्तिक २०७९, शनिबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।