‘दीगो सडक र सुरक्षित यातायातमार्फत पर्यटन र समृद्धि’

0
Shares

दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक लगायत क्षेत्रका सय जना भन्दा बढी व्यक्तिहरुको सहभागितामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसनका वल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले ‘फ्रोफेसनल इङगेजमेन्ट फर सेफर मोबिलिटी’ पोखरा विश्वविद्यालयका सहप्राध्यापक बुद्धिराज जोशीले ‘सस्टेनेबल डेभलपमेन्ट गोल र सडक यातायात’, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सिडिई रामकुमार श्रेष्ठले मन्त्रालयको कार्यप्रगति र प्रदेशको अवस्थाको बारेमा र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष अधिवक्ता योगेन्द्रबहादुर केसीले गण्डकी प्रदेशको सार्वजनिक यातायातको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा गण्डकी प्रदेशको सडक यातायातको सुधारका लागि सुझाव तथा सुरक्षित हेलमेन्टको प्रयोग र परिचर्चासमेत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशकै दीगो विकास, सडक र यातायातको व्यवस्था तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले ‘गण्डकी प्रदेश एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी’ नामक खुल्ला नेटवर्क गठन गर्ने निर्णयसमेत भएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आवश्यक नीतिको अभाव, योजना कार्यान्वयनमा ढिलाई, सरकारी क्षेत्रको बेवास्ताका कारण प्रदेशको दीगो विकास, नागरिक स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनमा समेत नकारात्मक असर परेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ कार्तिक २०७९, शनिबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।