तिहार नजिकिँदै गर्दा सस्तिएको सुनचाँदीको मूल्य तिहार लागेपछि भने ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबारको तुलनामा सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ ४५ रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार कार्तिक ६ गते आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भैरहेको छ ।
शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ स्थीर रहँदै प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १६५७ डलर तथा चाँदी प्रतिऔंस १९.४२ डलर हाराहारीमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया