हिमताल हाइड्रोपावरलाई माथिल्लो मर्स्याङ्दी–२ को सर्वेक्षण अनुमति पत्र

0
Shares

बुटवल पावर कम्पनीको लगानी रहेको हिमताल हाइड्रो पावर कम्पनीले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र पाएको छ ।

लगानी बोर्डले आइतबार तीन चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनी बुटवल पावर कम्पनीको २० प्रतिशत स्वामित्व रहेको सो कम्पनीलाई सर्वेक्षण अनुमति प्रदान गरेको हो ।

आयोजना सर्वेक्षणका लागि दुई वर्षको अवधि प्रदान गरिएको छ । लमजुङ र मनाङमा पर्ने ३२७ मेगावाट क्षमताको अर्धजलाशय युक्त सो आयोजना निर्माणका लागि ६४ करोड ७१ लाख अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ ।

तीन चिनियाँ कम्पनीहरुमा एसजीआई इन्टरनेसनल, सिङ्चेङ इन्टरनेसनल र क्वेक इन्टरनेसनल छन् । आयोजनाका बारे विस्त्रीत अध्ययनका अधिकांश कार्य सकिएकाले तोकिएको समय भन्दा पहिले नै विस्त्रित सर्वेक्षण प्रतिवेदन पेश गर्ने हिमताल हाइड्रो पावरले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।