फ्ल्योर हिमालयन लिमिटेडले चुक्ता पुँजीको ५०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सहित यहि कात्तिक २८ गते २७ औं वार्षिक साधारण डाकेको छ ।
कम्पनीले कात्तिक २८ गते एलिस रेष्टुरेन्ट कन्फरेन्स हल बखुण्डोल पुल्चोक ललितपुरमा दिउँसो साढे १ बजे २७ औं वार्षिक सभा बोलाएको हो । सभामा अघिल्लो साधारण सभाबाट पारित चुक्ता पुँजीको ५०० प्रतिशत (१ः५ अनुपात) को हकप्रद जारी गर्ने निर्णय पुन पारित गर्नेछ ।
त्यस्तै हकप्रद सेयर बिक्री नभएको खण्डमा सञ्चालक समितिको निर्णय बमोजिम बिक्री गर्न सञ्चालक समिति लाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साथै सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया