सेयर कारोबार आजदेखि पुनः खुल्दै

0
Shares

तिहार र छठको सार्वजनिक विदापछि सोमबार एक सातापछि (कात्तिक १४ गते) देखि धितोपत्र बजार खुला हुँदैछ ।

यसबीच एक साता सेयर बजार बन्द रह्यो । विदाअघि कात्तिक ६ गते अन्तिम दिन सेयर कारोबार खुलेको थियो । कात्तिक ७ गतेदेखि सेयर बजार बन्द भएको थियो ।

अन्तिम कारोबारको आइतबार नेप्से सूचक १४.३५ अंकले बढेर १८५८.४९ बिन्दुमा बन्द भएको थियो । सोमबार यसै अंकलाई आधार मानेर कारोबार पुनः सुचारु हुनेछ ।

हालसम्म प्यानिक रहँदै आएको बजारले अब गति लिने आशा लगानीकर्तामा छ । नजिकिँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचले बजारमा तरलता बढ्नेछ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेपनि निक्षेप नथपिएपछि पछिल्लो महिना ब्याजदर बढाएका छैनन् । बजार पनि निकै तल्लो विन्दुमा आएकाले पनि अब भने बजारले केही सकारात्मक संन्देश दिने आशा आम लगानीकर्तामा छ ।

सूचीकृत कम्पनीहरुको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक भैसकेको र लाभांश सिजन रहेकाले राम्रो प्रगति गरेका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।