अष्ट्रेलियाको सैन्य तथा सुरक्षा संरचनामा ह्याकरहरुको आक्रमण

0
Shares

अष्ट्रेलियाली सेना तथा सुरक्षा दलले प्रयोग गर्ने सञ्चार प्रणालीमा ह्याकरहरुले रेन्समवेयर आक्रमण गरेका छन् ।

यस अघि विभिन्न कर्पोरेट कम्पनीहरुमा साइबर आक्रमण गरेका ह्याकरहरुले यस पटक सैन्य तथा सुरक्षा संरचनामा पनि धावा बोलेका हुन् ।

सुरक्षा विभागले एउटा वेबसाइट सञ्चालनको लागि फोर्सनेट सर्भिस नामक बाह्य प्रोभाइडर प्रयोग गरिरहेको छ । ह्याकरहरुले त्यही सर्भिस प्रोभाइडर ह्याक गरी वेबसाइट ह्याक गरेको रक्षा मन्त्रालयका उपमन्त्री म्याट थिस्सलवेटले जनाएका छन् । ह्याकरले वेभसाइट ह्याक गरेता पनि कुनै महत्वपूर्ण सूचना ह्याकरको हात नलागेको एबिसी रेडियो मार्फत जानकारी दिएका छन् ।

कुनै महत्वपूर्ण सूचना ह्याकरको हातमा नलागेपनि सैनिकहरुको जन्म मिति, भर्ना विवरण लगायतका सूचना बाहिरिन सक्ने अष्ट्रेलियन बोर्डकास्टीङ्ग कर्पोरेसनले जनाएको छ ।

थिससलवेटले यो घटनालाई गम्भीरताका साथ लिने र अनुसन्धान गर्ने जनाएका छन् । यस अघि ह्याकरहरुले अष्ट्रेलियाका ठूला कम्पनीहरुको डाटा ह्याक गरी लाखौँ मानिसहरुको व्यक्तिगत विवरण लिक गरेका थिए । ह्याकरले अष्ट्रेलियाको दूरसञ्चार कम्पनी, ओप्टुस र स्वास्थ्य बीमा कम्पनी मेडिब्याङ्क प्राइभेट लिमिटेडमा आक्रमण गरेको थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार  ११ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।