तिहारपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका विकास बैंक बाहेक सबै सूचकहरुमा वृद्धि भएपछि नेप्सेमा हरियाली छाएको हो । नेप्सेमा हरियाली छाएसँगगै लगानीकर्तामा समेत उत्साह छाएको छ ।लामो समय वियरिस रहेको नेप्सेमा चाडवाड सकिएपछि आएको वृद्धिले आम लगानीकर्तामा सकारात्मक सन्देश समेत दिएको छ ।
आज ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४.९३ अंकले बढेर ३७०.८६ बिन्दुमा पुगेको छ । होटल तथा पर्यटनमुलक, अन्य, बैंकिङ र ब्यापार उपसमुहगत सूचक १ प्रतिशत बढीले बढेका छन् ।
सोमबार २२४ कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँमा खरिद बिक्री भएका छन् । ५० करोडमा खुम्चिएको कारोबारमा वृद्धिको संकेत देखिएको छ ।
कारोबार रकमका आधारमा वाणिज्य बैंकहरु अग्र स्थानमा देखिएका छन् । टप १० कम्पनीमध्ये ६ कम्पनी वाणिज्य बैंक छन् । सर्वाधिक कारोबार भएको एनआईसी एशिया बैंकको ६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ३९ लाख, नबिल बैंकको ३ करोड ८० लाख, प्रभु बैंकको २ करोड ७६ लाख, शिवम् सिमेन्ट्सको १ करोड ६२ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १ करोड ५६ लाख, नेपाल एसबिआई बैंक १ करोड ५६ लाख, हिमालयन डिष्टिलरी १ करोड ४४ लाख, अरुण काबेली पावर १ करोड ३८ लाख, र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

तिहारपछि खुलेको सेयर बजारको पहिलो कारोबारमा सयपत्री हाईड्रोपवारको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर १० प्रतिशत (२८.५० रुपैयाँ) बढेर ३१३.५० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको ८.२४ प्रतिशत, शाईन रेसुङ्गा ७.०७, एनआईसी एशिया बैंक ६.८०, एभरेष्ट बैंक ५.५७, इमर्जिङ नेपाल लिमिटेड ५.३९, मञ्जुश्री फाइनान्स ४.९१, प्रभु बैंक ४.९०, सेन्ट्रल फाइनान्स ४.७३ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ३.७२ प्रतिशतले बढेको छ ।
त्यस्तै, सेयर बजारमा हरियाली छाउँदा पनि सोमबारको बजारमा अपर हेवाखोलाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । अपर हेवाखोलाको सेयरमूल्य ८.१६ प्रतिशतले घटेर ३३९.८० रुपैयाँमा झरेको छ ।
त्यस्तै, रुरु जलविद्युतको ६.५८ प्रतिशत, अभियान लघुवित्त ४.७१, नबिल ब्यालेन्स फण्ड–३ को ३.५८, दिव्यश्वरी हाईड्रोपावर ३.५५, कामना सेवा विकास बैंक २.९०, महालक्ष्मी विकास बैंक २.८२, बलेफी हाइड्रोपावर २.७९, पिपल्स पावर २.७८ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर लगानीकर्ताले २.७३ प्रतिशतका दरले सोमबारको बजारबाट गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया