आईसिएफसि फाइनान्सको नाफा ३० प्रतिशत घट्यो

0
Shares

आईसिएफसि फाइनान्सको खुद नाफा २९.७९ प्रतिशतले घटेको छ । फाइनान्सको फि कसिमन आय घटेर कष्ट अफ फण्ड बढ्दा नाफा प्रभावित भएको हो । यस्तै समीक्षा अवधिमा फाइनान्सको सञ्चालन खर्च तथा कर्मचारी खर्चमा पनि वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा आइपुग्दा फाइनान्सले ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी फाइनान्सले गत आवको सोही अवधिमा ४ करोड ७६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने ३४.९१ प्रतिशतले बढेको भएपनि सञ्चालन नाफा भने २७.०१ प्रतिशतले घटेको हो । असोज मसान्तसम्म फाइनान्सको खुद ब्याज आम्दानी १४ करोड ८८ लाख ४९ हजार रुपैयाँ र सञ्चालन नाफा ४ करोड ९६ लाख ४४ हजार रुपैयाँ छ ।

चालु आवको पहिलो तीन महिनामा फाइनान्सको चुक्ता पुँजी १ अर्ब १२ करोड, ७१ लाख १५ हजार, जगेडा कोष ५४ करोड ३ लाख र वितरणयोग्य नाफा ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

चालु आवको पहिलो तीन महिनामा फाइनान्सले १८ अर्ब २५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १३ करोड २२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

असोज मसान्तसम्ममा आइसिएफसिको प्रतिसेयर आम्दानी ५.०४ रुपैयाँ घटेर ११.८७ रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ १५६.२२ रुपैयाँ, कष्ट अफ फण्ड १०.५१ प्रतिशत, आधारदर १२.३६ प्रतिशत, मूल्य आम्दानी अनुपात ३६.८९ गुणा, र खराब कर्जा अनुपात १.३१ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ कार्तिक २०७९, मंगलबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।