एनआईबिएल प्रगति फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । भदौमा फण्डको न्याभ ९.७७ रहेकोमा असोज महीनामा १३ पैसा घटेर ९.६४ रुपैयाँमा झरेको छ ।
कुल ७५ करोड रुपैयाँ आकारमा सञ्चालित फण्डको खुद सम्पत्ति भदौको तुलनामा ८९ लाख ९३ हजार रुपैयाँले घटेर असोज मसान्तमा ७२ करोड ६३ लाख २३ हजार १९९ रुपैयाँमा झरेको छ ।
असोज मसान्तसम्म फण्डको नोक्सानी पनि बढेको छ । भदौ महीनामा फण्ड १ करोड ७३ लाख ३५ हजार नोक्सानीमा थियो । तर असोजमा त्यो १ करोड २ लाख बढेर २ करोड ७५ लाख २३ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले असोज मसान्तसम्म सूचीकृत सेयरमा लगानी ४५ करोड ७४ लाख ८७ हजार रुपैयाँ लगानी गरेको छ । भदौ मसान्तसम्म फण्डले ४६ करोड ७१ लाख ८७ हजार लगानी गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया