सुनचाँदीको दुबैको भाउ बढ्न थाल्यो

0
Shares

सुनचाँदी दुबैको भाउ अन्तराष्ट्रिय बजारमा बढेसँगै नेपालको स्थानीय बजारमा पनि बढ्न थालेको छ ।

तिहारपछि आइतबार घटेका सुनचाँदीको भाउ सोमबार भने स्थीर बनेको थियो । मंगलबार सामान्य बढेको सुनचाँदीको भाउ बुधबार थप बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कात्तिक १६ गते बुधबार अघिल्लो दिनको तुलनामा सुनको भाउ ५०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ६१०० रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।

हिजो मंगलबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेर छापावाल ९३ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १६४९ डलर तथा चाँदी प्रतिऔंस १९.६३ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।