समृद्धि फाइनान्स ३ करोड १४ लाख नोक्सानीमा

0
Shares

समृद्धि फाइनान्स कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १४ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ ।  नोक्सानमा रहेको छ । गत आवको सोही अवधिमा फाइनान्स २६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ ।

असोज मसान्तसम्म फाइनान्सले १ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समृद्धि फाइनान्सको चुक्ता पुँजी ७४ करोड २१ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा १८ करोड २६ लाख ९८ हजार रुपैयाँ सञ्चित छ ।

फाइनान्सको खराब कर्जा अनुपात ६.०१ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा ४.५८ प्रतिशत थियो । फाइनान्सको वार्षिक प्रतिसेयर आम्दानी १६.९६ रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १२९.२४ प्रतिशतले बढेर २ करोड ४१ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस त्रैमाससम्म आईपुग्दा फाइनान्स ३ करोड ६५ लाख १ हजार रुपैयाँ खुद नोक्सानमा रहेको छ । गत आवको यसै अवधिमा ५७ लाख २५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

असोजसम्ममा फाइनान्स कम्पनीको प्रतिसेयर नेटवर्थ ७८.५७ रुपैयाँ, कष्ट अफ फण्ड ९.४९ प्रतिशत, आधारदर १४.३८ प्रतिशत र सिडी रेसियो ८८.६९ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।