बिहिबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कात्तिक १७ गते बिहिबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ ।
हिजो कात्तिक १६ गते बुधबार सुनचाँदीको भाउ बढ्दै तोलामा ९३ हजार ६०० रुपैयाँ तथा चाँदी १ हजार २२५ रुपैयाँले कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य केही घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६३७ डलर तथा चाँदी प्रतिऔंस १९.३६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया