ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ ।
‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन गर्नका लागि बैंकले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
आइतबार उक्त सम्झौतामा हस्ताक्षर गरेको छ। बैंकले ११.२५% ब्याज प्रदान गर्नेगरी ५ वर्षको लागि उक्त ऋण्पात्र निष्काशन गर्न लागेको जनाए छ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया