गरिमा विकास बैंकको सेयर नेप्सेमा सूचीकृत

0
Shares

गरिमा विकास बैंक लिमिटेडको १ लाख ९ हजार ८११ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकले लिलामी मार्फत बिक्रीमा ल्याएको संस्थापक समुहतर्फको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले हकप्रदमा निष्काशन गर्दा बिक्री नभएको उक्त सेयर साउन २६ देखि भदौ ३१ गते भित्र लिलामी मार्फत बिक्री गरेको थियो ।
नेप्सेमा सूचीकृत संस्थापक सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।