नबिल फ्लेक्सी क्याप फन्डको ७ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुला भएको छ ।
नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले कात्तिक २३ गते बुधबारदेखि दश रुपैयाँ अंकित दरमा ७५ करोड मूल्यको खुलामुखी प्रकृतिको फन्डको इकाई बिक्री खुला गरेको हो ।
इकाई खरिदका लागि लगानीकर्ताले छिटोमा कात्तिक २७ गतेसम्म तथा सो अवधिमा सबै इकाईको बिक्री नभएको खण्डमा ढिलोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँ बराबरको १०० इकाई तथा अधिकतम ७ करोड ५० लाख बराबरको ७५ लाख इकाई खरिदका लागि आवेदन दिन सकिन्छ ।
नबिल फ्लेक्सी क्याप फण्डको १४ प्रतिशत अर्थात १ करोड ५ लाख इकाई कोष प्रवद्र्धक नबिल बैंकका लागि तथा १ प्रतिशत ७ लाख ५० हजार इकाई योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित राखीएको छ । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा ५ करोड इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको हो ।
फण्डको योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया