कार्तिक २४ गते बिहीबार सुनको मूल्य स्थीर रहँदा चाँदीको भाउमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ, तेजावी सुन ९४ हजार ९०० र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन बुधबारको तुलनामा चाँदीको भाउ तोलामा दश रुपैयाँले घट्दा सुन भने स्थीर बनेको हो ।
हिजो बुधबार छापावाला सुन ९५ हजार ४०० रुपैयाँ, तेजावी सुन ९४ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७१० डलर तथा चाँदी प्रतिऔंस २१.१४ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया