कुमारी बैंक लिमिटेड र द हिमालयन गृल बाइ बाजेको बीच सम्झौता

0
Shares

कुमारी बैंक लिमिटेड र “द हिमालयन गृल बाइ बाजेको” बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

काठमाण्डौं वडा न १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” ले आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वा क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने भएको हो ।

कम्पनीको तर्फबाट सञ्चालक मौसम कुमार श्रेष्ठ र बैंकको तर्पmबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेकी छिन् ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो ।

यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु वा क्यूआर प्रयोगकर्ताहरुले द हिमालयन गृल बाइ बाजेकोको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार  १३ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।