सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रूपैयाँले घट्दै ९७ हजार २ सय रूपैयाँमा झरेको छ भने चाँदीको मूल्य ५ रूपैयाँले घट्दै एक हजार २९५ रूपैयाँमा झरेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रति तोला ९७ हजार ३ सय रूपैयाँ र चाँदी एक हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रूपैयाँले नै घट्दै ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया