सुनको भाउ उकालो लाग्दा चाँदीको ओरालो लाग्यो

0
Shares

सुनको भाउ वृद्धिले बुधबार पनि निरन्तरता पाएको छ । उता चाँदीको भाउ भने बुधबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

म्हासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ३० रुपैयाँले सस्तिएको छ । मंगलबार सुन १ हजार तथा चाँदी ३० रुपैयाँ तोलामा बढेको थियो ।

आजका लागि छापावाला सुन ९८ हजार ४०० रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ९०० र चाँदीको भाउ १ हजार २९५ रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाला सुन प्रति तोला ९८ हजार २०० रूपैयाँ, तेजावी सुन ९७ हजार ७०० रूपैयाँ र चाँदीको १ हजार ३२५ रूपैयाँमा कारोबार भएको थियो ।

अधिक उपभोगको महिना मंसिर नजिकिँदै गर्दा सुनचाँदीको भाउ उकालो लाग्दा सुन किन्नुपर्नेहरु मारमा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको व्यवसायी बताउँछन् । मंसिर महिनामा विहावारी धेरै हुने भएकाले सामान्य अवस्थाको तुलनामा तीन गुणासम्म सुनको माग हुने गरेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७७३ डलर तथा चाँदी प्रतिऔंस २१.५८ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार  १२ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।