मंसिरको दोस्रो दिन शुक्रबार सुनको भाउ सामान्य बढ्दा चाँदीको भाउ भने थोरै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर २ गते सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्दा चाँदीको भाउ ५ रुपैयाँले सस्तिएको छ । बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्दा चाँदीको भाउ १० रुपैयाँले सस्तिएको थियो ।
महासंघका अनुसार आजका लागि महासंघका अनुसार आजका लागि छापावाला सुन ९८ हजार १०० रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ६०० र चाँदीको भाउ १ हजार २८० रुपैयाँ तोकिएको छ ।
हिजो बिहीबार छापावाला सुन प्रतितोला ४०० ले घटेर ९८ हजार रूपैयाँ, तेजावी सुन ९७ हजार ५०० रूपैयाँ र चाँदीको भाउ १० रुपैयाँले घटेर १ हजार २८५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमासुन प्रति औंस १७६१ डलर तथा चाँदी प्रतिऔंस २१.०९ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया