नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि अनुमति पाएको छ । कम्पनीले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
कम्पनीले आगामी सात वर्ष सम्मका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६ नामक ऋणपत्र निष्कासन गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया