सुनचाँदीको भाउ मंगलबारको तुलनामा बुधबार गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्दा चाँदीको भाउ ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज बुधबार छापावाला सुन ९६ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ३०० र चाँदीको भाउ १ हजार २७५ रुपैयाँ तोकिएको छ ।
हिजो मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रूपैयाँ, तेजावी सुन ९६ हजार ७०० रूपैयाँ र चाँदी १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्दा चाँदीको भाउ १५ रुपैयाँले बढेको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १७३४ डलर तथा चाँदी प्रतिऔंस २०.९५ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया