लाभांश प्रस्ताव गरेका ६ मध्ये तीन हाइड्रोपावरको सेयर किन्दा अझै पाइन्छ लाभांश

0
Shares

नेपाल स्टक एक्स्चेञ्जमा जलविद्युत समुहमा सूचीकृत कम्पनीमध्ये हालसम्म ६ वटा हाइड्रोपावर कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । ती मध्ये तीन कम्पनीको बुकक्लोज भैसकेको अवस्था छ भने तीन कम्पनीको सेयर खरिद गर्दा अझैपनि लाभांश पाइनेछ ।

रिडी पावर, माउन्टेन इनर्जी नेपाल र युनाइटेड इदिमार्दी हाइड्रोपावरको सेयर खरिद गर्दा लाभांश पाइनेछ । सानिमा माई हाइड्रोपावर, रुरु जलविद्युत परियोजना र अरुण काबेली पावरले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।

युनाइटेड इदीमार्दीले मंसिर २८ गते र माउण्टेन इनर्जीले पुस ८ गते साधारण सभा डाकेका छन् । साधारण सभाका लागि युनाइटेड इदीमार्दीले मंसिर १६ गते शुक्रबार र माउण्टेन इनर्जीले मंसिर २७ गते मंसिरकार बुकक्लोज तोकेका छन् ।

Sector-Hydro Power Bonus Cash Total Bookclose AGM
Ridi Power Company  Limited 40.00 2.10 42.10    
Mountain Energy Nepal Limited 0.00 10.53 10.53 Mangsir 27, Tuesday Poush 8,, Friday
Ru Ru Jalvidut Pariyojana Limited 10.00 0.53 10.53 Ashoj 27, Thusday Kartik 4, Friday
Arun Kabeli Power  10.00 0.53 10.53 Kartik 18, Friday Kartik 30, Wednesday
United Idi-Mardi and R.B. Hydropower 0.00 10.53 10.53 Mangsir 16, Friday Mangsir 28, Wednesday
Sanima Mai Hydropower  0.00 5.26 5.26 Ashoj 12, Wednesday Kartik 2, Wednesday

 

हालै मात्र लाभांश प्रस्ताव गरेको रिडी पावरले साधारण सभा र बुकक्लोज मिति तोकेको छैन । रिडीले सबैभन्दा धेरै ४० प्रतिशत बोनस सेयर र २.१५ नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  घोषित लाभांशमध्ये सबैभन्दा कम सानिमा माई हाइड्रोपावरले ५.२६ प्रतिशत नगद वितरण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०७९, आइतबार  ०९ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।