प्रतिनिधिसभातर्फ १५७ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

0
Shares

प्रतिनिधिसभातर्फ आइतबार साँझ पाँच बजेसम्म १५७ वटा सिट टुङ्गो लागेको छ । अझै ८ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । जसमध्ये तीन स्थानमा मतगणना अझै सुरु भएको छैन ।

घोषित परिणाम अनुसार नेपाली कांग्रेसले ५३ सिट, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४२ सिट, नेकपा माओवादी १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ स्थानमा विपय हासिल गरेको छ ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) ६, स्वतन्त्र ५, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी एक–एक स्थानमा विजयी भएका छन् ।

स्याङ्जा–२, बाजुरा र दोलखामा भने गणना सुरू भएको छैन भने पाँच क्षेत्रमा गणना चलिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०७९, आइतबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।