मर्जर प्रकृयामा रहेका दुई कम्पनीको सेयर कारोबार मंगलबारदेखि खुल्दै

0
Shares

मर्जर सम्झौताका कारण सेयर कारोबार रोक्का रहेका दुई कम्पनीको मंसिर १३ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुल्दैछ ।

नेप्सेले सोमबार नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ ले आधारभुत बाहेकका अन्य सेयरधनीको हकमा मर्जर प्रकृयामा रहेका कम्पनीहरुको सेयर कारोबार खुला हुने व्यवस्था गरेसँगै सोमबार दुबै कम्पनीको सेयर कारोबार फकुवा भएको हो ।

एनसीसी बैंक कुमारी बैंकसँग तथा सिद्धार्थ इन्स्योरेन्स प्रिमियर इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेका छन् ।

एनसीसी बैंकको रोक्का रहेको सेयर कारोबार दुई महिनापछि तथा सिद्धार्थ इन्स्योरेन्सको साढे ४ महिनापछि सेयर खुला भएको हो । एनसीसी बैंक र कुमारी बैंकबीच गत असोज १० गते तथा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच गत असार २७ गते एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

एनसीसी बैंकको अन्तिम दिन प्रतिकित्ता १८४ रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको प्रतिकित्ता ५४३.७० रुपैयाँमा सेयर कारोबार भएको थियो । सोही मूल्यलाई आधार मानेर मंगलबार दुबै कम्पनीको सेयर कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलबार  ०९ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।