कालिञ्चोक दर्शनको आईपीओ वैदेशिक रोजगारीमा रहेका १५४ जनाले भरे

0
Shares

कालिञ्चोक दर्शनले मंसिर १४ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा १५४ जनाले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर १६ गते बिहीबार बिहान १० बजेसम्ममा १५४ जना आवेदकबाट मार्फत कुल ७७ लाख ५६ हजार रुपैयाँ बराबरको ७७ हजार ५६० कित्ता सेयर माग भएको छ । आवेदक र कित्ताका हिसाबले हेर्दा प्रतिआवेदकले औसतमा ५०३ कित्ताभन्दा बढी माग भएको हो ।

यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर २८ गतेसम्म भर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा गाएका नेपालीका लागि आवेदन खुला गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार  १० : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।