कालिञ्चोक दर्शनको आईपीओ कति स्थानीयले भरे ? यस्तो छ तथ्याङ्क

0
Shares

कालिञ्चोक दर्शनले मंसिर १५ गते बिहीबारदेखि स्थानीय बासिन्दाले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको वेवसाइट (अनलाईन) मार्फत बिहीबार बिहान ११ बजेसम्म १०६ जना स्थानीय बासिन्दाले ७ लाख ३८ हजार रुपैयाँ ७ हजार ३८० कित्ताको आवेदन दिएका छन् ।

पहिलो दिन बुधबार दोलखा जिल्लाको स्थानीय संकलन केन्द्रबाट ४ जना स्थानीय मार्फत ४००० हजार रुपयाँ बराबरको ४० कित्ताको मात्र आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

यो आईपीओमा स्थानिय बासिन्दाहरुले छिटोमा मंसिर २८ गतेसम्म र सो दिनसम्ममा पूर्ण आवेदन नपरेमा भने स्थानिय बासिन्दाहरुका लागि पुस १४ गतेसम्म निष्काशन खुला रहनेछ ।

कम्पनीको आईपीओमा स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । दोलखा जिल्लास्थित मेगा बैंक र सेञ्चुरी बैंकका तोकिएका शाखाहरुबाट पनि यो आइपीओमा आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पुँजी ६० करोडको २ प्रतिशतले हुने १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो ।

केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।