फर्स्ट माइक्रोफाइनान्सकाे लाभांश घोषणा

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा भएको छ । गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लघुवित्तले आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश रहेको छ । मंसिर १५ गते बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।

बिहीबार अपरान्ह ५ः०० बजे बसेको सञ्चालक समितिको १९८ औं बैठकको निर्णय बमोजिम लघुवित्तले गत आवको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने कुल १९ करोड २८ लाख ९८हजार ४८० रुपैयाँ लाभांश वितरण गर्नेछ ।

विसं २०७९ असार मसान्तमा लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ रहेको छ । आव २०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट प्रस्तावित १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५५६ रुपैयाँ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड ९ लाख ४१ ह्जार ६४० रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछिमात्र वितरण हुनेछ ।

 

 

 

अघिल्लो आव २०७७/७८ बाट लघुवित्त कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

फर्स्ट माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त घ वर्गको थोक लघुवित्त कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।