नेपाल एसबिआई मर्चेन्टको सातौँ वार्षिक साधारण सभा सम्पन्न

0
Shares

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंसिर १९ गते सोमबार नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय केशरमहल, काठमाडौंमा सम्पन्न भएको सातौं वार्षिक साधारण सभाले एसबिआई मर्चेन्ट बैंकिङ्गको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ को नाफा/नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।