आरएमडिसी लघुवित्तले घोषणा गर्यो हालसम्मकै उच्च बोनस, नगद कति ?

0
Shares

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२७ रुपैयाँको कुल २७.३६८४ प्रतिशतले हुन आउने ३३ करोड ९६ लाख ६० हजार २५८ रुपैयाँबराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।