कालिञ्चोक दर्शनको आईपीओमा बुधबार साँझ ४ बजेसम्ममा २ हजार ४१९ वटा आवेदन परेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ मंसिर १४ गते बुधबारदेखि खुला भएको थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर २१ गते बुधबार साँझ ४ बजेसम्ममा २ हजार ४१९ जना आवेदक मार्फत ५ करोड ८२ लाख ७ हजार रुपैयाँ बराबरको ५ लाख ८२ हजार ७० कित्ता सेयर माग भएको छ । आवेदक र कित्ताका हिसाबले हेर्दा प्रतिआवेदकबाट औसतमा २४०.६२ कित्ताभन्दा बढी माग भएको हो ।
आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर २८ गतेसम्म भर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा गाएका नेपालीका लागि आवेदन खुला गरिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया