विन नेपाल लघुवित्तले ५१ हजार २९३ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) ल्याउने भएको छ ।
नेप्सेमा सूचीकृत नेपाल सेवा र सूचीकृत नरहेको वीन लघुवित्त एक आपसमा मर्जर भएपछि सेयर स्वाप अनुपात मिलाउने कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।
एफपीओ जारी गर्न कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । दुई संस्थाबीच मंसिर १९ गते सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रचलित कानुन बमोजिम प्रिमियम थप गरी एफपीओ बिक्री गरिने कम्पनीले जानाएको छ ।
अहिले पनि विभिन्न ६ वटा लघुवित्तले संस्थापक–साधारण सेयर अनुपात मिलाउनका लागि एफपीओ जारी गर्न धितोपत्र बोर्ड समक्ष निवेदन दिएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया