झापा इनर्जी लिमिटेडले पुस १६ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले झापाको शिवसताक्षी–४ सालामारास्थित आयोजना स्थलमा बिहान १० बजे सभा डाकेको हो ।
चौथो वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्ने तथा कम्पनीको जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।
यस्तै सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया