बाराही हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको साधारण सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । मङ्सिर २१ गतेदेखि खुला भएको सो आईपीओमा लगानीकर्ताले सोमबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयर भर्न सकिन्छ । लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणबाट ५ लाख १५ हजार २२० कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको छ । आईपीओमा सर्वसाधारणबाट माग गरिएभन्दा २१.३८ गुणा बढी माग परेको छ ।

बाराही हाइड्रोपावरको आईपीओमा १.१० अर्बको आवेदन, २१.३८ गुणा माग

दोस्रो चरणमा स्थानीयमा अवितरित सहित कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये २७ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि र ११ हजार ८० कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने ‘इक्रा एनपी इस्युअर रेटिङ बी माइनस रेटिङ’ प्रदान गरेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले २०७४ असार २४ गतेदेखि बागलुङमा रहेको १.५० मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  ०९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।