माउण्टेन इनर्जीको लाभांश खान आज सोमबारभित्र सेयरधनी बन्नैपर्ने देखिएको छ ।
कम्पनीले लाभांश वितरण र नवौं वार्षिक साधारण सभा प्रयोजनार्थ मंसिर २७ गते मंगलबार बुकक्लोज गर्दैछ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनी मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
माउण्टेन इनर्जीले लाभांश पारित गर्न नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ८ गते भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा साधारण सभा बोलाएको छ । । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको १०.२६३ प्रतिशत नगद लभांश वितरणको प्रस्ताव पारित गर्दैछ ।
साथै आर्थिक वर्ष २०७८/८९ को वित्तीय विवरण, संस्थापक समुहबाट सञ्चालक समितिको निर्वाचन तथा लेखापरीक्षक नियुक्ती लगायतका विषयमा पनि साधारण सभाले निर्णय गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया