सुनको मूल्य तोलामा ३०० ले घट्यो, चाँदी पनि सस्तियो

0
Shares

छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख २०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजावी सुनको भाउ ९९ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै सोमबार चाँदीको भाउ पनि घटेर तोलाको १ हजार ३९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर २६ गते सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीगर्नेहरु बढ्दा उच्च मागका कारण बढ्दो क्रममा देखिएको सुनको भाउ घटेको हो ।

अघिल्लो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँ तथा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर कारोबार भएको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ, तेजावी सुनको भाउ १ लाख रुपैयाँ र चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको भाउ निर्धारण गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७८७ डलर र चाँदी प्रतिऔसत २३.२८ आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।