नेपाल ल्यूब आयलको नगद लाभांश वितरण

0
Shares

नेपाल ल्यूब आयल लिमिटेडको नगद लाभांश वितरण भएको छ ।

कम्पनीको असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिएको हो ।

असोज १३ गतेसम्म हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको हकमा सम्बन्धित सेयरधनीको बैंक खातामा नगद जम्मा भइसकेको र उक्त मितिपछि बैक खाता अद्यावधिक गराएका सेयरधनीको नगद लाभांश पनि क्रमशः जम्मा गरिँदै जाने कम्पनीले जानकारी दिएको छ ।

असोज २८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव अनुमोदन गरेको थियो । असोज १३ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् । सभाबाट पारित भएको बोनस सेयर भने नेप्सेमा सूचीकृत भएपछि मात्र सेयरधनीको खातामा जम्मा हुनेछ ।

हालसम्म पनि भौतिक सेयर प्रमाणपत्र धारण गरेका सेयरधनीहरुलाई कम्पनीले यथाशीघ्र डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । सेयर अभौतिकीकरणपछि बैंक खाता नम्बर (नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत आईपीएस सदस्य बैंक तथा वित्तीय संस्था) सहितको विवरण अद्यावधिक गरेपछि मात्र नगद लाभांश जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।