एचआईडिसिएलले लाभांश प्रस्तावसँगै बोलायो साधारण सभा, १ अर्ब ११ करोड लाभांश बाँड्ने

0
Shares

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले लाभांश प्रस्ताव गर्दै उक्त लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी २१ अर्ब २७ करोड ६२ लाख ६८ हजार रुपैयाँको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशतका दरले हुन आउने १ अर्ब ६ करोड ३८ लाख १३ हजार ३७५ रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ ५ करोड ५९ लाख ९० हजार १७७ रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव जीवन कुमार बस्नेतले जानकारी दिए ।

लाभांश वितरण गर्ने सहितका अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले पुस २६ गते एघारौँ वार्षिक साधारण सभा समेत बोलाएको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश सरकारबाट स्वीकृति प्राप्त गरी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते बिहीबार एक दिनका लागि बुकक्लोज गर्ने मिति ताकेको छ । बुकक्लोज अनुसार पुस १३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनका र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७९, बिहिबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।