सेयर कारोबार रकम एक अर्बमुनी झर्‍यो, प्राइम बैंकको सर्वाधिक कारोबार

0
Shares

सेयर बजार मापक सूचक नेप्से साताको दोस्रो बजार दिन सोमबार सामान्य अंकले बढेपनि कारोबार रकम भने एक अर्बभन्दा थोरै रहेको छ ।

अघिल्लो दिन भारि गिरावट आएको सेयर बजारमा आज झिनो अंकले बढ्न पुगेको हो ।आइतबारको साढे २७ अंकको गिरावटपछि सोमबार नेप्से ३.८३ अंकले बढेको छ । नेप्से बढेर १८५८.८९ बिन्दुमा बन्द भएको छ । सूचक बढेपनि आइतबारको तुलनामा सोमबार कारोबार रकम २७ करोड १० लाखले घटेको छ ।

नेप्सेमा सूचीकृत २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ३० हजार ५४५ वटा संख्यामा किनबेच हुँदा कारोबार रकम ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन आइतबार १ अर्ब १५ करोड माथिको सेयर कारोबार भएको थियो ।

आज ८८ करोड ६० लाखको कारोबार भएकोमा प्राइम कमर्सियल बैंकको सर्वाधिक ६ करोड ९३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स ५ करोड ४९ लाख, हिमालयन डिष्टिलरीको ४ करोड २७ लाख, नेपाल टेलिकमको ३ करोड ७६ लाख र पिपुल्स हाइड्रोपावरको ३ करोड २८ लाख रुपैयाँको सेयर खरिद बिक्री भयो ।

झिनो अंकले बढेको सोमबारको बजारमा धौलागिरी लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । लघुवित्तको सेयरमूल्य १० प्रतिशत (४९.६० रुपैयाँ) ले बढेर प्रतिसेयर ५४५.७० रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुुवित्त ६.०८ प्रतिशत, सिवाइसी नेपाल लघुवित्त ५.९८, नबिल ब्यालेन्स्ड फण्ड–२ को इकाईमूल्य ५.९० र रिलायन्स फाइनान्सको सेयर मूल्य ४.०३ प्रतिशतले बढेको छ ।

साताको दोस्रो दिनको सेयर बजारमा इष्टर्न हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ७.९७ प्रतिशतले घटेर २६४.५० रुपैयाँमा झरेको छ । यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाईमूल्य ७.७२, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ६.७६ प्रतिशत र पिपुल्स हाइड्रोपावरको ६.४० प्रतिशत र बुद्धभुमी नेपाल हाइड्रोपावरको ५.६४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७९, सोमबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।