नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अंकित मूल्य १०० रुपैयाँ दरका ९१ हजार २०० कित्ता सेयर सोमबार सूचीकृत भएको हो ।
मिर्मिरे लघुवित्तले साविकको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई १ः०.७६ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसअघि लघुवित्तमा कायम रहेको ५२ लाख २० हजार ८५५ कित्ता समेत गरी मिर्मिरे लघुवित्तको नाममा कुल ५३ लाख १२ हजार ५५ कित्ता सेयर सूचीकृत हुन पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया