आइसिएफसि फाइनान्सले १०% लाभांश बाँड्न डाक्यो साधारण सभा

0
Shares

आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेकाे चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्न साधारण सभा डाकेको छ ।

फाइनान्स कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैठकले सोही लाभांश अनुमाेदन गर्न साधारण सभा समेत आह्वान गरेको हाे ।

कम्पनील लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते फाइनान्सको १९ औं वार्षिक साधारण सभा समेत बोलाएको हो ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयधरनीहरुले मात्र बैंकको प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा फाइनान्स कम्पनीको १९ औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।