धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १८.६३ अंकसम्म घटेकोमा सबैभन्दा धेरै कुल बजार पुँजीकरण भएको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को अन्तिम समयमा सेयरमूल्य बढेपछि अन्ततः नेप्से आज झिनो अङ्कले ओरालो लागेर बन्द भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल टेलिकको सेयरमूल्यमा ९३ रुपैयाँको उतार चढाव देखिएको हो । ८६० रुपैयाँसम्म झरेको कम्पनीको मूल्य ९५३ रुपैयाँमा कारोबार बन्द भएको हो । बुधबार ९१७ मा बन्द भएको टेलिकमको सेयरमूद्यय पहिलो कारोबारमा नै १८.३० रुपैयाँ घटेर ८९८.७० रुपैयाँमा पहिलो कारोबार खुलेको थियो ।
गत आवबाट कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि टेलिकमको सेयरमूल्य घटेको थियो । तर चलाख खेलाडीहरुले अन्तिम समयमा टेलिकममा खरिद चाप बढाएर अघिल्लो दिनको तुलनामा ३६ रुपैयाँ माथि पु¥याएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबारका आधारमा पनि नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । नेप्सेका अनुसार सो कम्पनीको १४ करोड ९९ लाख ५० हजार ३४६ बराबरको सेयर कारोबार भएको छ ।
एनआईसी एशिया बैंकको ५ करोड ६९ लाख ६५ हजार ३२४ रुपैयाँ, नबिल बैंक ५ करोड ३१ लाख ६६ हजार ६९रुपैयाँ, हिमालयन डिस्टिलरी ४ करोड ८१ लाख १३ हजार ९४६रुपैयाँ र शिवम् सिमेन्ट ३ करोड ९९ लाख ९५ हजार ४८५ रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच कम्पनीभित्र पर्न सफल भएका छन् ।

कारोबार भएका मध्ये ७६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १२४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । यस्तै ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । आज कुल २४७ कम्पनीका ३१ लाख ११ हजार ८३३ कित्ता सेयर २३ हजार ५४ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक ०.०१ अङ्कले ओरालो लागेर १८६७.२१ मा सीमित भएको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.७२ अङ्कले उकालो लागेर ३६७.०६ अंकमा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहगत सूचकमध्ये तीनवटा वृद्धि हुँदा १० उपसमूहगत सूचकमा गिरावट आएको छ ।
नेप्सेका अनुसार सिर्जनशील लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त ८.१९, कालिका पावर कम्पनी ८.१५ र नेरुडे लघुवित्तका लगानीकर्ताले ५.३८ प्रतिशतले आजको बजारबाट नाफा कमाएका छन् ।
त्यस्तै आँधीखोला लघुवित्त ७.७०, बलेफी हाइड्रोपावर ५.४९, सोल्टी होटल ४.७६, इस्टर्न हाइड्रोपावर ३.९९ र ग्रीन डेभलपमेन्टका लगानीकर्ताले ३.२० प्रतिशतले गुमाएका छन् ।










प्रतिक्रिया