सुनको भाउ शुक्रबार तोलामा १ हजार २०० रुपैयाँ घट्यो

0
Shares

सुनको भाउ शुक्रबार तोलामा १ हजार २ सय रुपैयाँ सस्तिएको छ । यस्तै चाँदीको भाउ पनि आज १५ रुपैयाँले घटेर कारोबार भएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ ।

हिजो बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ, तेजावी सुन १ लाख १ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ तथा चाँदीको भाउ ५ रुपैयाँले बढेर कारोबार थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस अमेरिकी डलर १७९६ तथा चाँदी २३.६६ डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।