मुक्तिनाथ विकास बैंकले पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
पुस ८ गते शुक्रबार बसेको सञ्चालकको समितिको बैठकले होटल पोखरा ग्राण्ड, पार्दी, कास्कीमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।
सभाले सञ्चालक समिति बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गर्ने, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १९ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।










प्रतिक्रिया