मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने (मर्जर) सम्झौता भएको छ ।
मर्जर सम्बन्धी समझदारी पत्रमा दुई लघुवित्तबीच सोमबार दिउँसो ४ बजे बिराटनगरमा पुस ११ गते हस्ताक्षर सम्पन्न भएको हाे ।
नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ३ मा रहेको छ भने मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको छ ।
सम्झौतामा मिर्मिरे लघुवित्तको तर्फबाट अध्यक्ष टेक बहादुर बोहरा र नेरुडे लघुवित्तको तर्फबाट अध्यक्ष डा. भेषराज धमलाले हस्ताक्षर गरेका छन् ।

हाल मिर्मिरेको चुक्ता पुँजी ५३ करोड १२ लाख रहेको छ भने नेरुडेको चुक्ता पुँजी ६० करोड रहेको छ । दुबै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेकी सकेका छन् । मिर्मिरे लघुवित्तले गत आवबाट सेयरधनीलाई चुक्ता पुँजीको २३ प्रतिशत बोनस र नेरुडे लघुवित्तले चुक्ता पुँजीको २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया