मोलुङको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?

0
Shares

मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे सेयर बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा २ लाख २६ हजार ४६५ जनाले सेयर हात पारेका छन् ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओ गोलाप्रथाबाट २ लाख २६ हजार ४६५ जनालाई प्रति आवेदक १० कित्ताका दरले २२ लाख ६४ हजार ६५० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता सेयर गोलाप्रथाबाट सेयर प्राप्त गर्नेमध्ये ५ जनालाई थप १।१ कित्ताका दरले वितरण गरिएको छ । जसअनुसार कम्पनीको आईपीओ २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले र ५ जनाले ११ कित्ताका दरले हात पारेका छन् ।

मोलुङको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?

कम्पनीले फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणबाट २२ लाख ६४ हजार ६ सय ५५ कित्ता सेयर खरिदको लागि आह्वान गरेको थियो ।

सात हजार जनाको आवेदन रद्द

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ भरेका ७ हजार ५ जनाको आवेदन रद्द भएको छ । आईपीओमा कुल १४ लाख २४ हजार ३५१ वटा आवेदन परेको थियो । जसमध्ये रद्द आवेदनलाई अस्वीकृत गरी १४ लाख १७ हजार ३४६ वटा आवेदनलाई बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

क्यापिटलले योग्य रहेका १४ लाख १७ हजार ३४६ जनालाई गोलाप्रथामा सहभागी गराएकोमा योग्यमध्ये नै ११ लाख ९० हजार ८८१ जनाले सेयर प्राप्त गर्न सकेनन् । जुन योग्य आवेदकको ८४ प्रतिशत हो । कम्पनीको आईपीओ योग्य आवेदकको १६ प्रतिशत अर्थात २ लाख २६ हजार ४६५ जनाले मात्र हात परेका हुन् ।

कम्पनीको आईपीओमा मागको तुलनामा ६.८८ गुढाा बढी अर्थात १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताको आवेदन परेको थियो । रद्द गरिएको सेयर कित्ता १ लाख ९५० रहेको छ भने १ करोड ५४ लाख ७८ हजार ८५० कित्ता सदर भएको थियो ।

कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय, र विदेशमा रहेका नेपाली श्रमिकलाई सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ८ लाख २ हजार ५०० कित्ता, विदेशमा रहेका नेपाली श्रमिकलाई २ लाख ७२ हजार ८५० कित्ता, कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५७० कित्ता, सामुहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र आम सर्वसाधारणलाई २२ लाख ६४ हजार ६५५ कित्ता रहेको थियो । कम्पनीले जारी पुँजी ८० करोड २५ लाखको ४४ प्रतिशतले हुन आउने ३५ करोड ३१ लाख कित्ता सेयर जारी गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फागुन २०७९, शुक्रबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।