बैंक-रनका कारण टाट पल्टियो १६७ वर्ष पुरानो क्रेडिट स्वीस बैंक


सन् १८५६ मा स्थापना भएको स्वीजरल्यान्डको दोस्रो ठूलो बैंक–क्रेडिट स्वीस बैंक बैंकरनकै कारण टाट पल्टिएको घोषणा भएको छ ।

विश्व बैंकिङ प्रणालीमा ‘टु बिग टु फेल’ को सूचीमा पर्ने क्रेडिट स्वीस बैंकबाट सन् २०२३ को पहिलो ३ महिनामा नै ६१ अर्ब २ करोड स्वीस फ्रान्क अर्थात् ६८ अर्ब ६ करोड अमेरिकी डलर बैंकबाट निक्षेपकर्ताले निकालेका थिए ।

निक्षेपकर्ताको बचत दिन नसक्ने अवस्थामा पुगेपछि क्रेडिट स्वीस बैंक टाट पल्टिएको घोषणा गर्दै स्वीस सरकारले आकस्मिक बैठक बसी बैंकलाई थप धरासायी हुन नदिन कदम चालेको थियो । अहिले क्रेडिट स्वीस बैंकलाई स्वीजरल्यान्डको सबैभन्दा ठूलो बैंक–युनियन बैंक अफ स्वीजरल्यान्डले अधिग्रहण गरेको छ ।

पछिल्लो समयमा अमेरिकाका २ ठूला बैंकहरु टाट पल्टिएका छन् । बैंक रनकै कारण अमेरिकाको क्यालिर्फोनिया स्थीत सिलिकन भ्याली बैंक र न्युवर्क स्थित सिल्भरगेट बैंक टाट पल्टिएका थिए । बीबीसीका अनुसार स्वीजरल्यान्डको क्रेडिट स्वीस बैंक टाट पल्टिनुको कारण पनि बैंकरन नै रहेको छ ।

के हो बैंक रन ?

सामान्य भाषामा बैंक–रन भन्नाले एकैपटक धेरै निक्षेपकर्ताहरुले बैंकबाट बचत निकाल्दा बैंकको नगद प्रवाह गर्न सक्ने वा निक्षेपकर्ताको रकम निकासी गर्न सक्ने क्षमता कम हुँदै जानु भन्ने बुझिन्छ। सो समयमा बैंक निक्षेप दिन नसक्ने अवस्थामा पुगेपछि निक्षेपकर्ताहरुले बैंकमा धर्ना दिएर नै भएपनि आफ्नो बचत निकाल्न चाहन्छन् ।

तब बैंकमा प्यानिकको अवस्था आउँछ र अन्ततः निक्षेप दिन नसकेपछि बैंक टाट पल्टिन्छ । बैंकले निक्षेपकर्ताको रकमको केही हिस्सा रिजर्भमा राखी बाँकी रकमको विभिन्न बन्ड, डिबेन्जर, कमोडिटीमा लगानी गरेको हुन्छ । जब बैंकको रिजर्भमा भएको रकमभन्दा धेरै रकम निक्षेपकर्ताले निकाल्छन् तब बैंक रन हुने सम्भावना बढेर जान्छ । बैंक रन भएको खन्डमा थोरै सम्पत्ति देखि धेरै सम्पत्ति भएका बैंकहरु समेत टाट पल्टिने अवस्थामा पुग्छन् । जसको एक उदाहरण क्रेडिट स्वीस बैंक पनि हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।